६ कार्तिक २०८३, शुक्रबार

‘मेरो मान्छेहरूपनि भूकम्पपीडित हुन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti-Basnetकाठमाडौं, २७ मंसिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले चीन भ्रमणमा गएका आफन्तहरु भूकम्प पीडित नै भएको दावी गरेका छन ।

उनले भ्रमण टोलीमा भूकम्प प्रभावितलगायत भूकम्पलगत्तै राहत र उद्दारमा खटिएका ब्यक्तिहरु नै परेको जिकिर गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

‘भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै यस्तो कार्यक्रममा पठाउने होईन, राहत उद्दारमा क्रियाशिल यूवाहरुलाई समेत आफ्नो अनुभव साटासाटका लागि पठाउने हो’, बस्नेतले भने, ‘त्यसैअनुरुप सचिवालयलाई जिम्मेवारी दिईएको थियो । मेरो मान्छेहरु पनि भूकम्पमा परिचालित भएका ब्यक्ति हुन् ।’