१ कार्तिक २०८३, शनिबार

सलमानलाई पछ्याउँदै शाहरुख बने वर्षकै धनी कलाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SrK-Salman-Cyberbullying

मुम्बई । बलिउड ‘बादशाह’ शाहरुख खान भारतकै पहिलो धनी कलाकार बनेका छन् ।

चर्चित पत्रिका फोब्र्सले भारतका १०० जना सेलिब्रेटीहरुको कमाईका आधारमा यसवर्ष शाहरुखलाई पहिलो स्थानमा राखेको हो । अभिनेता सलमान खानलाई पछ्याउँदै शाहरुख शीर्ष स्थानमा उक्लिएका हुन् ।

गतवर्ष शाहरुख तेस्रो स्थानमा थिए । यो वर्ष सलमान दोस्रो स्थानमा परेका छन् । त्यसैगरी महानायक अमिताभ बच्चन तेस्रो स्थानमा छन् । जो अघिल्लो वर्ष दोस्रो स्थानमा थिए । क्रिकेटर महेन्द्र सिंह धोनी चौथो स्थानमा परेका छन् ।

यो वर्ष शाहरुखले २५७.५ करोड रुपैयाँ कमाएका छन् । फोब्र्सका अनुसार शाहरुको कमाई पछिल्लो चार वर्षयताकै सबैभन्दा बढी । एकै वर्षमा यति पैसा बलिउडका कुनै कलाकारले कमाउन सकेका छैनन् ।

पहिलोपटक अभिनेता आमिर खानले यसवर्ष यो सूचीको शीर्ष पाँचमा आफ्नो स्थान बनाएका छन् ।