३० आश्विन २०८३, शुक्रबार

जापानीले भारतलाई ९८ करोड सहयोग गर्ने, अबे भारतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi Dhoti & Japani Abeनयाँ दिल्ली, २६ मंसिर । जापानी प्रधानमन्त्री सिन्जो अबे औपचारिक भ्रमणका लागि शुक्रबार भारत पुग्नुभएकोे समाचार छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी समकक्षी अबेलाई भारतमा स्वागत गर्दै भन्नुभयो, –“अवे एक ‘असाधारण नेता’ भएको र उहाँको भ्रमणले भारत–जापानबीचको सम्वन्धका थप सुधार हुनेछ ।”

जापानी प्रधानमन्त्री अबेको यस भ्रमणका समयमा करीब रू. ९८ करोड जापानी सहयोगमा निर्माण हुने भनिएको बुलेट रेलका साथै केही अन्य सम्झौता हुनसक्ने चर्चा छ ।

यस विषयमा दुवै तर्फबाट रेल सेवा निर्माणका लागि औपचारिक सम्झौताका बारेमा भने केही सार्वजनिक भने भएको छैन ।

अबे सिन्जोले एक पत्रिकामा जनाए अनुसार भारत–जापानबीच अत्यन्तै गहिरो तथा सांस्कृतिक सम्बन्ध रहेको भनी गरेको टिप्पणीलाई भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी प्रसंसा गर्नुभएको छ ।

प्रधानमन्त्री अबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुनेछ । अबे शनिबारै प्रधानमन्त्री मोदीसँग गृहनगर बनारस जाने कार्यक्रम पनिे रहेकोे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गतवर्ष प्रधानमन्त्री भएलगत्तै जापानको भ्रमण गर्नुभएको थियो । यी दुई देशका प्रधानमन्त्रीले आफ्नो सम्बन्धमा नयाँ पन दिन खोजिरहेका विश्लेषकहरूको भनाई छ ।

जापानी प्रधानमन्त्री अबे जापानबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुअघि भन्नुभयो– एसियाको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रकाबीचको सम्बन्धमा नयाँरूप दिने प्रयास जारी हुने छ ।

भारतीय प्रधानमन्त्री मोदीले जापान सरकारसँग रेलसेवाको विस्तारका क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो ।

एसियाका यी दुई अर्थतन्त्रबीचको भेटवार्ताका क्रममा आर्थिक लगानीका अरूपनि कैयौँ क्षेत्रका बारेमा छलफल हुने बताइएको छ । – पीटीआई