३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Misail pakइस्लामावाद (पाकिस्तान), २६ मंसिर । पाकिस्तानले शुक्रबार जमिनदेखि जमिनमा गरिने लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको छ ।

शुक्रबार परीक्षण गरिएको उक्त क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) ले दुई हजार ७५० मिटरसम्मको दुरीमा हान्न सकिने यहाँको सेनाले जारी गरेको एक वक्तव्यमा जनाइएको छ ।

‘शाहिन तेस्रो’ नाम दिइएको उक्त ब्यालेस्टिक मिसाइलको परीक्षण हतियार प्रणालीमा विभिन्न ढाँचा र प्राविधिक मापदण्ड पूरा भए नभएको पुष्टि गर्ने उद्देश्यले गरिएको वक्तव्यमा बताइएको छ ।

पाकिस्तानसँग विभिन्न खालका क्षेप्यास्त्र रहेका छन् । यीमध्ये केहीमा आणविक हतियारलाई प्रहार गर्ने क्षमता रहेको यहाँको सेनाले बताएको छ ।

व्यालेस्टिक मिसाइलको अरेबियन सामुद्रिक इलाकामा लक्षित उक्त परीक्षण सफल भएको पाकिस्तानी सेनाको आन्तरिक सेवा सार्वजनिक सम्बन्ध विभागले जारी गरेको उक्त वक्तव्यमा लेखिएको छ ।

पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले क्षेप्यास्त्र निर्माण गरी सफल परीक्षण गरेकोमा यस कार्यमा संलग्न वैज्ञानिक तथा इन्जिनियरको समूहलाई बधाई दिनुभएको छ ।

त्यस्तै पाकिस्तानी सेनाका रणनीतिक योजना विभागका डाइरेक्टर जनरल लेफ्टिनेन्ट जनरल मझार जमिलले पनि क्षेप्यास्त्र निर्माण्मा योगदान पुगाउने सबैको प्रशंसा गर्नुभएको छ ।

परीक्षणपछि बोल्दै जमिलले पाकिस्तानले दक्षिण एसियामा शान्तिपूर्ण सहअस्तित्व निर्माण गरी यस क्षेत्रको समग्र रणनैतिक स्थिरतामा थप बल पु¥याउने कुरामा प्रतिबद्ध रहेको बताउनुभएको छ । – सिन्ह्वा