६ कार्तिक २०८३, शुक्रबार

दिल्लीमा प्रस्तावको अन्तरकथा, श्रीश्री रविशंकरदेखि सुष्मा स्वराजसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-and-susmaकाठमाडौं, २६ मंसिर । प्रचार–प्रसारका साथ सुरु भएको दिल्ली भ्रमण अघिल्लोपटक असफल भएपछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यसपालि निजी भ्रमण भन्दै भारततिर लागेका थिए ।

उनी पहिले बेंग्लोर गए, जहााबाट आफ्ना गुरु श्रीश्री रविशंकरलाई साथै लिएर नयाँदिल्ली फर्किएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

जहाजमै उनी भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरमसँग दुई घन्टा गफिएका थिए । थापा इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएपछि कफी पसलमा रविशंकरसँग आधा घन्टा बिताए ।

थापाले भोलिपल्ट भारतीय समकक्षी सुष्मा स्वराजलाई भेट्ने तय भइसकेको थियो । तर, उनी सकेसम्म मोदीलाई नै भेट्न चाहन्थे ।

६ वर्षअघि थापाले श्रीश्री रविशंकरकै सूत्र लगाएर मोदीलाई गुजरात पुगेर भेटेका थिए । त्यसवेला मोदीलाई भेट्न थापाले आफ्नो बायोडाटासमेत पठाएका थिए ।

यसपालि पनि भेट्ने आशामा थापाले अप्ठ्यारो मान्दै भने, ‘नेपालको उपप्रधानमन्त्री थापा दिल्लीमा छ, भेट्दा हुन्छ भनेर कुरा राख्नुस् । भेटौँ न त भन्नुभयो भने मलाई खबर गर्नुस् ।’ रविशंकरले भोलिपल्ट मोदीलाई भेटे ।

तर, थापालाई भने समय दिएनन् । दिल्ली फर्केको साँझ नेपाली दूतावासमा नेपालका हितैषी मानिने सीताराम येँचुरी, विजय जोली, डी राजा, पवन बर्मालगायतका सांसद र भाजपाका केही नेतासहितको जमघट भयो ।

त्यो जमघटमा थापाले नाकाबन्दी भारतबाटै भएकोमा आफू कहीँ–कतै द्विविधामा नभएको भनिरहँदा भाजपाका नेताहरूसँग भनाभन भयो ।

थापाको जवाफ थियो, ‘रोटी–बेटीको सम्बन्ध भन्ने, नाकाबन्दी लगाउने ? यो मिल्दैन ।’