३० आश्विन २०८३, शुक्रबार

जापानी प्रधानमन्त्री अबे भारतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japani-pmनयाँ दिल्ली, २५ मङ्सिर । जापानी प्रधानमन्त्री सिन्जो अबे औपचारिक भ्रमणका लागि शुक्रबार भारत पुग्न लाग्नुभएको समाचार छ ।

उहाँको यस आगमनसँगै भारतमा अहिलेसम्मकै सबैभन्दा छिटो गतिमा गुड्ने बुलेट रेलको निर्माणको पनि चर्चा सुरु भएको छ । जापानी प्रधानमन्त्री अबेको यस भ्रमणका समयमा भारतमा जापानी सहयोगमा निर्माण हुने भनिएको सो रेलका बारेमा सम्झौता हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि यस विषयमा दुवै तर्फबाट यस रेल सेवा निर्माणका लागि औपचारिक सम्झौताका बारेमा भने केही सार्वजनिक भएको छैन ।

शुक्रबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली ओर्लिएका आबेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेनुभएन् । मोदीसँग शनिबार मात्रै औपचारिक भेटवार्ता हुने बताइएको छ । शनिबार प्रधानमन्त्री मोदीको गृहनगर बनारस जाने कार्यक्रम पनि उहाँहरुको रहेको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि गतवर्ष प्रधानमन्त्री भएलगत्तै जापानको भ्रमण गर्नुभएको थियो । यी दुई देशका प्रधानमन्त्रीले आफ्नो सम्बन्धमा नयाँ पन दिन खोजिरहेका विश्लेषकहरुको भनाई छ ।

जापानी प्रधानमन्त्री अबे जापानबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुअघि भन्नुभयो- एसियाको दोस्रो र तस्रो ठूलो अर्थतन्त्रकाबीचको सम्बन्धमा नयाँरुप दिने प्रयास जारी हुने छ ।

भारतीय प्रधानमन्त्री मोदीले जापान सरकारसँग रेलसेवाको विस्तारका क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो । एसियाका यी दुई अर्थतन्त्रबीचको भेटवार्ताका क्रममा आर्थिक लगानीका अरुपनि कैयौँ क्षेत्रका बारेमा छलफल हुने बताइएको छ । रासस/एएफपी