ओटावा, २५ मंसिर । सिरियाली १६३ जना शरणार्थी लिएर बिहीबार एक क्यानाडाली विमान क्यानाडा पुगेको समाचार छ ।
द्वन्द्वले आक्रान्त यस देशबाट हजारौँ व्यक्ति शरणार्थीको रुपमा सिरियाबाट बाहिरिएका छन् । उनीहरुलाई क्यानाडाली सरकारले स्वीकार गरी त्यहाँ लगेको बताइएको छ ।
क्यानाडाका प्रधानमन्त्री जुस्टिन ट्रदेउले टोरोन्टोको विमानस्थलमा ती सिरियाली शरणार्थीलाई स्वागत गरेको बताइएको छ ।
यस बर्षको अन्त्यसम्म सिरियाली शरणार्थीको सङ्ख्या १० हजार पुग्ने क्यानाडाली सरकारले अनुमान गरेको छ ।
सन् २०१४ को देखि हालसम्म क्यानाडाले ३ हजार ५ सय सिरियाली शरणार्थीलाई स्वागत गरेको बताइएको छ । सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी हालसम्म करिब २ लाख ५० हजार व्यक्तिको निधन भइसकेको छ ।
त्ससैगरी यस द्वन्द्वका कारण सो देशबाट लाखौँ लाख नागरिक शरणार्थीका रुपमा बाहिरिएका छन् । यसअघि क्यानाडाले नेपालका भूकम्पपीडितका लागि सोझै भिसा दिएर निःशुल्क लगेको थियो । रासस/एएफपी















प्रतिक्रिया