
काठमाडौं, २५ मंसिर । मधेसी मोर्चाका नेताहरूको भारतीय प्रधानमन्त्री मोदीसँग भेटको प्रयास सफल भएन ।
तर, बुधबार भाजपाका महासचिव राममाधवसँग उनीहरूले भेट गरे । यसअघि परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग भेटेका थिए ।
‘मोदीजीसँग भेट भएन, हामीले जहाँ राख्नुपर्ने थियो त्यहाँ कुरा राखेका छौँ,’ नेता राजेन्द्र महतोले भने ।
नेपालका लागि एक पूर्वराजदूतले मधेस आन्दोलन र नाकाबन्दीको स्वामित्व भारतले औपचारिक रूपमा नै लिएको बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
उनले भने, ‘मधेसी नेताहरूको भ्रमण गराएर भारतले नेपाल सरकारलाई दिन खोजेको सन्देश यही नै हो ।’
सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने वार्ताबाट समाधान निकाल्नुपर्ने सन्देश दिल्लीले दिएको र यो आफ्ना लागि नयाँ नभएको बताए ।















प्रतिक्रिया