१ कार्तिक २०८३, शनिबार

चेतन सापकोटाको ‘भाग सानी भाग’ले किन अष्ट्रेलिया ताक्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhag Sani Bhagकाठमाडौं । नेपाली फिल्म ‘भाग सानी भाग’ले आफ्नो प्रदर्शन अष्ट्रेलियाबाट गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

नेपालमा भने चैत पाँच गते प्रर्दशन गरिनेछ । चलचित्र ‘भाग सानी भाग’ले अष्ट्रेलियाको बिभिन्न नौ शहरमा चलचित्रको प्रर्दशन घोषणा गरेको छ ।

चलचित्रले डार्बिन शहरबाट आगामी जनवरी २९ मा चलचित्रको पहिलो प्रदर्शन गर्न लागेको निर्माता बिष्णु चापागाइँले बताए ।

चलचित्रलाई डार्बिन शहरपछि अन्य शहरहरुमा पनि प्रदर्शन चॉजोपॉजो मिलाइसकेको निर्माता चापागाइँले बताएका छन् ।

चापागाइँले संगीतकार चेतन सापकोटा बेल्जियम निवासी शहदेब गौतम र अमेरीका निबासी बिलोन पोख्ररेलसंग मिलेर ‘भाग सानी भाग’ निर्माण गरेका हुन ।