कान्दाहार (अफगानिस्तान), २४ मङ्सिर । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थलमा अफगान सशस्त्र आतङ्ककारी तालवानले गरेको आक्रमणपछि सो क्षत्रेमा अफगान सेनाले विशेष खोजी अभियान थालेको समाचार छ ।
यद्यपि अफगानिस्तानमा त्यहाँको सेना र प्रहरीले खोजीलाई व्यापकता दिँदै आएको हो । तर बुधबारको यस आक्रमणपछि सो खोजीलाई झनै व्यापक बनाएको बताइएको छ । कान्दाहार विमानस्थललाई लक्ष्य गरेर गरिएको अभियानका क्रममा बिहीबार बिहान केही लडाकू मारिएका रक्षामन्त्रालय स्रोतले जनाएको छ ।
तर के कति सङ्ख्यामा उनीहरु मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । सो परिसरमा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको बुधबार प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
कान्दाहार प्रान्तका सैनिक कमान्डर दउद साह वफादारले बुधबारको सो आक्रमणमा ३७ व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
तालिवान लडाकुले विमानस्थल परिसरमा धावा बोल्न थालेपछि यहाँको सेनाले जवाफी कारबाही चलाएको सुरक्षा स्रोतले जनाएको छ । मारिनेमा तालिवान लडाकू धेरै परेका छन् ।
बुधबार बिहान भएको यस आक्रमणमा कैयौँको सङ्ख्यामा आतङ्ककारी मारिएको सरकारी दाबी रहेको छ । आक्रमण भएको सो इलाका नेटो शिविरसँग जोडिएको बताइएको छ ।
अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि पाकिस्तान पुग्नुभएकै दिन बुधबार यो आक्रमण भएकोे छ । यस विमानस्थलमा उनीहरुले यसअघि पनि बारम्बार हमला गर्ने गरेका हुन् । रासस/सिन्ह्वा















प्रतिक्रिया