
काठमाडौं, २४ मंसिर । राजधानीमा अबैध हुण्डीको कारोबार गर्ने व्यापारी बिरुद्ध प्रहरीले अप्रेशन चलाए पनि मुख्य कारोबारीसम्म भने प्रहरी पुग्न नसक्दा यतिखेर कारोबार मौलाउन थालेको छ ।
नेपाल प्रहरीका केही एआईजीकै मिलेमतोमा हुण्डी कारोबारीलाई उन्मुक्ति दिंदै आएपछि हुण्डीको कारोबारबाट रातारात अर्वपति बन्नेहरुको संख्या बढ्दो रहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
महानगरिय प्रहरी आयुक्त कार्यलयमा भर्खरै सरुवा भएर आएका एआईजी प्रतापसिंह थापाको हुण्डी कारोबार गर्नेहरुसाग हिमचिम रहेका कारण राष्ट्र बैंकको निर्देशन पालना हुन कठिनाइ हुने स्रोतको भनाई छ ।
पछिल्लो समय हुण्डीको कारोबार मौलाउादै गएको बिभिन्न घटनाक्रमबाट खुलेको छ । तस्करहरुले हुण्डीमार्फत तेस्रो मुलुकमा रकम पठाएर उक्त पैसाबाट अवैध वस्तुको तस्करी गर्ने र अवैध तवरले डलर संकलन गरी विभिन्न माध्यमबाट तेस्रो मुलुकमा डलर तस्करी गरेर विदेशी मुद्राको अपचलन गर्ने कार्य ह्वात्तै बढेको छ ।
अवैध हुण्डीलाई नियन्त्रणका लागि राष्ट्र बैंकले मातहतका निकायमा पत्राचार गरिसकेको छ । केही समय अघि ठमेल, न्यूरोड र सुन्धारा क्षेत्रमा हुण्डीको कारोबार गर्ने विभिन्न आठ मनिचेञ्जरमा छापा मारी ७ जनालाई पक्राउ गरि महानगरिय अपराध महाशाखाले कारबाही गरेपछि हुण्डी करोबारीहरुको सातो गएको थियो ।
पछिल्लो समय होटेल, मनिचेञ्जर, इलेक्ट्रोनिक्स, सुनचाादी पसलको आवरणमा हुण्डी र अवैध डलरको तस्करी मौलाएको राष्ट्र बैंकका अधिकारीहरु बताउाछन् ।
काठमाडौंमा ट्राभल ऐजेन्सी, सुन व्यापारी, कन्सलटेन्सी व्यवसाय गर्नेहरुले दैनिक करोडौं रकम अवैधबाटोबाट विदेश पठाउने गरेको खुलेको छ ।
त्यस्तै अवैध बाटोबाट नेपालमा पनि रकम भित्रने गरेको छ । त्यसैगरी ठूला–ठूला होटलहरुले पनि अवैध रुपमा हुण्डीको कारोबार गर्दै आएका छन् ।
प्रहरी स्रोतका अनुसार चाइना ट्रेड सहकारीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ र रक्तचन्दनको अवैध कारोबारबाट अर्वपति बनेका व्यापारी नारायण पौडेलले चीनतर्फ अवैध हुण्डीको कारोबार र सुन तस्करी गर्दै आएका छन् ।
डिआरएन नामको इलेक्ट्रोनिक्स कम्पनीको आवरणमा श्रेष्ठले हुण्डीको कारोबार गर्दै आएका छन् । श्रेष्ठले टोपी भन्ने लुइफे नाम गरेका चिनियाा नागरिकसाग ठमेलमा चाइना टाउन रेष्टुरेन्ट खोल्दा २० करोड रकम लिएका थिए ।
अहिले उक्त रेष्टुरेन्टमा श्रेष्ठ र लुइफेको सेयर रहेको छ । लुइफे र श्रेष्ठले रेष्टुरेन्टका अन्य धन्दाबाट कमाएको कालो धन हुण्डी मार्फत चीन पठाई अपार्टमेन्ट समेत खरिद गरिसकेका छन् ।
स्रोतका अनुसार चाइना ट्रेड सहकारीबाट साढे दुई करोड र सुन तस्करीबाट कमाएको डेढ करोड गरी कुल चार करोड रुपैयाा गत असार १० गते श्रेष्ठले हुण्डीमार्फत चीन पठाएका थिए । जुन कुराले उक्त सहकारीमा विवाद शुरु भएको छ ।
केही सेयर होल्डरहरुले अध्यक्षले मनोमानी ढंगले संस्था सञ्चालन गर्न खोजेको भन्दै सेयर झिक्न थालेका छन् । श्रेष्ठले उक्त रकमबाट लुइफेको नाममा चीनमा अपार्टमेन्ट खरिद गरेका थिए ।
हुण्डी र सुन तस्करको सर्कलमा डेभिड नामले चिनिने श्रेष्ठले सन्तोष भिमसरिया र मालिकराम नाम गरेका मारवाडी व्यापारीमार्फत हुण्डीको कारोबार गर्दै आएको स्रोतको भनाई छ ।
त्यस्तै रक्तचन्दनबाट रातारात अर्वपति बनेका पौडेल दुई वर्ष नेपालबाट तातोपानी भन्सार नाका हुादै हुण्डीको कारोबार गर्दैगर्दा पक्राउ परी छुटेका व्यक्ति हुन् ।
चीनमा रक्तचन्दन पठाउन नेपालबाट गाह्रो हुने अवस्था सृजना भएका कारण उनले भारतबाट सिंगापुर हुादै चीनसम्म रक्तचन्दको कारोबार गर्दै आएका छन् ।
चीन र भारतमा सामसुङ मोवाइलका नेपाली विक्रेता दिपक मल्होत्रा, बच्चु पौडेल, प्रदीप सरिया, गोविन्द सरिया, शोभा खरेल, मोहन अग्रवाल, पवन सरिया, हरि चिरानियालगायतका दर्जनौ व्यापारीहरु हुण्डी कारोबारीमा खप्पिस मानिन्छन् ।
महानगरिय प्रहरी अपराध महाशाखाका एक अधिकारीका अनुसार एस ट्राभल्स दरबारमार्ग, ट्राभल्स डि सोसाइटी ठमेल, इविसु ज्वेलर्स दरबारमार्ग, बराह ज्वेलर्स न्यूरोड सिंगापुर इन्टरपाइजेज सुन्धारा धाख्वा विलिङका सञ्चालक रवि कचुरिया, मनकामना ट्राभल्सका सञ्चालक मदन केसी, दरबारमार्गको इमिरेट्स ट्राभल्सका सञ्चालक राजु मालु, सुन्धाराको युनिक ट्राभल्स एण्ड टुर्स एड्भान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफर, इजी मनी ट्रान्सफर, आइएमई, सिटी एक्सप्रेसलगायत दर्जनौं कम्पनीहरु हुण्डीको कारोबारमा सक्रिय छन् ।
अवैध रुपमा नेपालबाट भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र खाडीमुलुकमा बढी मात्रामा हुण्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाई छ ।
नेपाली व्यापारीले नेपाल भारत, दक्षिण एसिया पूर्वी, एसिया र युरोपसम्म हुण्डीबाटै कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
पर्यटन भिसामा नेपाल आएर ठमेलमा बस्ने अधिकांश चिनीयाा नागरिकहरु र उनीहरुलाई सेटिङमा काम गर्ने उद्योग विभागदेखि अध्यागमनका कर्मचारीहरु समेत हुण्डी कारोबारको बारेमा छानविन भए कारबाहीको दायरामा आउने एक प्रहरी अधिकारी बताउाछन् ।
हुण्डीमार्फत सस्तोमा अवैध रुपमा रकम पठाउने र आउने भएकाले यसबाट राजश्वमा प्रतिकुल प्रभाव परेको छ । आर्थिक अपराधका साथै राजश्व छल्ने प्रयोजनमा लामो समयदेखि हुण्डीको प्रयोग हुादै आएको छ ।
बैंकिङ सेवा विस्तार हुादै गएपछि पनि हुण्डीमार्फत पैसाको आन्तरिक स्थानान्तरण बढेको छ । राजधानीमा बढ्दो संगठित अपराधसागै हुण्डी व्यवसाय मौलाउादै गएको छ ।
गैरकानुनी रुपमा कमाएको धनलाई एक ठाउाबाट अर्को ठाउामा लैजान हुण्डीको प्रयोग गरिन्छ । बैंकमार्फत १० लाख रुपैयााभन्दा बढीको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने भएपछि हुण्डी व्यवसाय फस्टाएको हो ।
महाबौद्धमा कपडाको होलसेल कारोबार गर्नेहरु देखि न्यूरोडमा मोवाइलको व्यवसायमा लागेका अधिकांश पसलेहरु हुण्डीको कारोबारमा संलग्न रहादै आएको प्रहरी स्रोत बताउाछ ।















प्रतिक्रिया