मुम्बई । भारतमा बढिरहेको असहिष्णुता सम्बन्धी बयानलाई लिएर बलिउडका स्टार अभिनेता शाहरुख खान र आमिर खानमाथि देशको छवि विगारेको आरोप लागेको छ ।
मंगलबार विश्व हिन्दू परिषदकी नेता साध्वी प्राचीले शाहरुख र आमिरमाथि देशको छवि विगारेको आरोप लगाएकी हुन् ।
उनले भनेकी छिन्- असहिष्णुताको मुद्दालाई उठाएर सारा अभिनेता देशलाई बदनाम गर्ने षडयन्त्रमा छन् । केही ‘देशद्रोही’ पुरस्कार फिर्ता गरेर यस्तो गरिरहेका छन् ।

दिल्लीमा आयोजित एक प्रेस कन्फ्रेन्समा उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग मिलेर शाहरुख र आमिरले असहिष्णूताको मुद्दा उठाएको आरोप लगाइन् । उनले भनिन्- यो हिन्दूत्वमाथिको प्रहार हो । विपक्षीले रचेको एउटा षडयन्त्र हो ।
















प्रतिक्रिया