१ कार्तिक २०८३, शनिबार

नेपाल टेलिभिजनका सबै हास्य टेलिश्रृखला बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhadragol-team

काठमाडौं । नेपाल टेलिभिजनको प्रमख आकर्षण बन्दै आएका सबै कमेडी सिरियलहरु अब बन्द भएका छन् ।

राष्ट्रिय टेलिभिजन च्यानल नेपाल टेलिभिजनका लागि कमेडी सिरियल उपलब्ध गराउँदै आएको मिडिया हबले बक्यौता रकम भुक्तानी नगरेपछि टेलिभिजनले सबै कमेडी सिरियल बन्द गरिदिएको हो ।

स्रोतका अनुसार मिडिया अबले तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल, र हाकाहाक्की प्रसारण गरेबापतको ठूलो रकम नतिरेपछि नेपाल टेलिभिजनले यी सिरियलको प्रसारण बन्द गरेको हो । स्रोतले जनाएअनससार मिडिया हब लामो समयदेखि यी सिरियल प्रसारण गरेबापतको ठूलो रकम पटक पटक ताकेता गर्दासमेत नतिरेपछि कार्यक्रम बन्द भएको हो ।

– नेपाल समाचारपत्रबाट