काठमाडौं, २३ मंसिर । भारतको छत्तिसगढ राज्यस्थित सुकमा जिल्लाको किस्टाराम क्षेत्रमा मंगलबार भारतीय प्रहरीमाथि आतंकवादी माओवादीले आक्रमण गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा पाँच प्रहरी जवान घाइते भएका छन् । प्रहरीले १५ जना माओवादी लडाकू मारेको दाबी गरेको छ । तर, एउटा पनि शव फेला परेको छैन् । जसबाट प्रहरीले झुटो दाबी गरेको प्रष्ट हुन्छ ।
समाचार अनुसार किस्टारा प्रहरी चौकीको क्षेत्रमा गस्तीमा खटिएका प्रहरीमाथि १५ किलोमिटरको दुरीमा रहेको केटेमडगूमा आक्रमण भएको हो । लामो समयसम्म भएको भीडन्तमा पाँच प्रहरी घाइते भएका हुन् । उनीहरुमा दुई जनालाई गोली लागेको छ ।
माओवादी थप फौजसहित फेरि आक्रमण सुरु गरेपछि घाइते जवान बोकेर भारतीय प्रहरीको टोली भागेर चौकी आएको थियो ।















प्रतिक्रिया