काठमाडौं । अभिनेत्री तथा निर्मात्री पूजना प्रधानले अबउप्रान्त फेसबुक नचलाउने निर्णय गरेकी छिन् । उनलाई फेसबुकबाट विरक्त लाग्नुको खास कारण रहेछ–आफूले निर्माण गरेको ‘चकलेट’ फिल्म नचल्नु ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चकलेट हेर्न हलमा दर्शक नआएकोमा उनी निराश मात्र छैनन्, आक्रोशमा पनि आएकी छिन् ।
उनले सोमबार दिउँसो स्टाटस लेखिन्–तपाईंहरूले हेरिदिनुभएन, त्यसैले चकलेट फिल्म चलेन । नेपालीलाई राम्रो कथा, राम्रो फिल्मभन्दा हावाको कथा भएको फिल्म नै मन पर्दो रहेछ । मैले राम्रो मनले राम्रो कामका लागि फिल्म बनाएँ, तर तपाईंहरूको साथ पाइनँ । धन्यवाद । यो नै मेरो फेसबुकमा अन्तिम स्टाटस हो, आजबाट म फेसबुक पनि चलाउँदिनँ । फिल्म नचल्नु र अबउप्रान्त फेसबुक नचलाउने निर्णय गर्नुबीच के सम्बन्ध हुन सक्छ ?
फिल्मकर्मी, दर्शक मात्र होइन, सञ्चारकर्मीहरू पनि अलमलमा परेका छन् ।
हुन सक्छ, फिल्म नचलेकोमा फेसबुकको माध्यमबाट उनलाई कसैले ‘इरिटेट’ गरिरहेको पो छ कि । मुख्य कुरा, एउटा माघले जाडो जाँदैन ।
पूजनाजस्ती ‘आध्यात्मिक’ निर्मात्रीलाई बुझाइरहनुनपर्ने हो । फेसबुक नचलाए पनि फिल्म बनाउन भने नछोडून् पूजनाले । उनको स्टाटसमा कमेन्ट गर्नेहरूले अनुरोध गरेका छन् ।















प्रतिक्रिया