३० आश्विन २०८३, शुक्रबार

कुकुरको मासु खाँदा तीनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dog_for_meat_113402350नोमपेन (कम्बोडिया), २१ मङ्सिर । विषाक्त कुकुरको मासु खाई तीन जना कम्बोडियाली नागरिकको मृत्यु भएको यहाँका क्रेटी प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।

उक्त विषाक्त मासु खाँदा बिरामी परेका ३१ जना कम्बोडियाली नागरिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

एक जना वृद्ध, उनकी बुहारी र उनीहरुका एक जना छिमेकीको विषाक्त मासु खाएपछि आइतबार विहान मृत्यु भएको प्रहरी प्रमुख कङ किमीले बताउनुभएको छ । उनीहरुको मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको बताइएको छ ।

मृतक वृद्धले बजारबाट किनेर ल्याएको उक्त मासु दूषित परेपछि मासु खाने तीनै जनाको मृत्यु भएको थियो ।

यसैबीच मृतकहरुको अन्तेष्ठीमा उपस्थित भएका अरू गाउँलेले पनि बाँकी उक्त दूषित मासु खाएको र मासु खाएका कारण सहभागी सबै बिरामी परेको प्राप्त समाचारमा उल्लेख छ ।

मासु खाएपछि शरीरमा आलस्यता तथा रिङ्गटा लागेपछि उनीहरुका आफन्तले बिरामी सबैलाई अस्पताल पु¥याएको जनाइएको छ ।

बिरामीमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । रासस÷सिन्ह्वा