३० आश्विन २०८३, शुक्रबार

विश्वकै शक्तिशाली राष्ट्र रुससँग यसरी बदला लियो टर्कीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

turkey-russiaअंकरा (टर्की), २० मङ्सिर । रसियाले टर्की पानीजहाजलाई दुःख दिएको बदलामा सामसुन भन्ने ठाउँमा चारवटा रसियाली पानी जहाजलाई कब्जामा लिएको इहलास न्यूज एजेन्सीले आइतबार जनाएको छ ।

पानी जहाजलाई गएको हप्ता टर्कीका सरकारी अधिकारीले रसियामा दुःख दिएको भन्दै प्रतिसोधस्वरुप चारवटै रसियाली जहाजलाई आवश्यक कागजात नभएको भन्दै कब्जामा दिएको हो ।

तीन पानीजहाजले रसियाले मागेका कागजात पेस गरेपछि छोडेको तर एकअर्को जहाजलाई भने अझै नियन्त्रणमा लिइएको रसियाली बन्दगाह व्यवस्थापनले बताएको छ ।

गएको हप्ता रसियाले टर्कीका पाँच वटा पानीजहाजलाई रसियाको नोभोरसिक बन्दगाहमा नियन्त्रणमा लिएको थियो ।

रसियाली युद्धक विमानले अन्तर्राष्ट्रिय सीमा कानुनको उल्लङ्घन गरी टर्कीको आकाशमा उडेको भन्दै गएको महिना (नोभेम्बर २४) मा टर्कीले रसियाली विमानलाई हवाई आक्रमण गरेपछि दुई छिमेकी राष्ट्रबीचको सम्बन्धमा समस्या देखिँदै आएको छ । रासस/सिन्ह्वा