काठमाडौं, २० मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेतामाथि हमला गर्न पाकिस्तानी आतंकवादी संगठन लश्कर–ए–तैयबा का तीन लडाकू नयाँ दिल्ली छिरेको खुलासा भएको छ ।
भारतीय च्यानल आजतकका अनुसार दिल्ली पुलिसले राष्ट्रिय राजधानीमा घुसेका लश्कर–ए–तैयबा के तीन आतंकवादी लडाकूमध्ये एकको तस्वीर जारी गरेको छ । दुई जनाको अझै पत्तो छैन् ।
भारतको खुफिया एजेन्सीका अनुसार लश्करले आफ्ना लडाकूलाई प्रधानमन्त्री मोदीको जनसभामाथि हमला गर्न वा दिल्लीमा कुनै वरिष्ठ नेताको हत्या गर्न आदेश दिएको छ ।
यद्यपी भारतीय गुप्तर निकाय आईबी र दिल्ली पुलिसको स्पेशल टिमले समयमै आतंकवादी लडाकू दिल्ली छिरेको सूचना पाएको छ । र एकको पहिचान गरी फोटो समेत जारी गरेको छ । उनीहरु जम्मू-कश्मीरबाट दिल्ली घुसेको गुप्चर निकायको दाबी छ । दुई जनाको बारेमा भने अझै अनुसन्धान जारी छ ।
यो सूचना पाएपछि दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ भने त्रास पनि उतिकै बढेको छ । मोदीलाई सार्वजनिक कार्यक्रममा नजान सुरक्षा निकायहरुले सुझाव समेत दिएको बताइएको छ ।















प्रतिक्रिया