काठमाडौं, १९ मंसिर । स्पेनिस फुटबल टुर्नामेन्ट कोपा डेल रे बाट रियल मड्रिडलाई निष्कासित गरिएको छ ।
अयोग्य खेलाडी खेलाएपछि स्पेसिन फुटबल फेडेरेशनले रियललाई प्रतियोगिताबाट निस्कासित गर्ने निर्णय गरेको समाचार एजेन्सीले जनाएका छन् । अन्तिम १६ प्रवेशका लागि गएको बुधबार राति भएको काडीसँगको पहिलो लेगमा रियल मड्रिड ३–१ ले विजयी भएको थियो । उक्त खेलमा तेस्रो मिनेटमा नै गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाउने डेनिस चेरिसेभ अयोग्य खेलाडी प्रमाणित भएपछि रियललाई प्रतियोगिताबाट निस्कासन गरिएको हो ।
चेरिसेभमाथि एक खेलको प्रतिबन्ध लागेको र प्रतिबन्ध रहेकै बेला उनलाई रियलले खेलाएको हो । १९ पटकसम्म कोपा डेल रेको उपाधि जितेको रियलले पछिल्लो पटक सन् २०१४ मा उपाधि जितेको थियो ।
यता रियलले भने चेरिसेभलाई प्रतिबन्धका बारेमा व्यक्तिगत रुपमा जानकारी नगराएकाले टिममा सहभागी गराइएको जनाएको छ ।















प्रतिक्रिया