२३ कार्तिक २०८३, सोमबार

एमाओवादी बैठकः वैद्यले पार्टी छाड्दा संविधान बन्यो, बाबुरामले छाड्दा झनै राम्रो हुन्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Meeting

काठमाडौं, १८ मंसिर । आज पनि एमाओवादी केन्द्रीय समिति बैठक जारी छ ।

बैकठमा बोल्दै कृषिमन्त्री हरिबोल गजुरेलले मोहन वैद्य पार्टीबाट हट्दा संविधान बनेको र अब बाबुराम भट्टराई अटेपछि पार्टी राम्रो बन्ने बताएका छन् । उनले बाबुरामले पार्टी छाडेर गल्ति गरेको बताए ।

बैठकमा अर्का वक्ता राम कार्कीले भने बाबुरामको आलोचना गरिरहँदा अनावश्यक टिप्पणी गर्न नहुने स्पष्ट पारे । बाबुरामको आलोचना वा विरोध गर्दा भोलि यहीँ आएर उभिएका बेला आँखा जुधाउन सकिने ठाउँ राखेर मात्रै आलोचना गरिनुपर्ने कार्कीले बताए ।

बैठकमा वनमन्त्रीसमेत रहेका अग्नि सापकोटा, जनार्दनशर्मा प्रभाकर, डिलाराम आचार्य र चन्द्रदेव खनाल वलदेवले पनि प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गरेका छन् ।