२३ कार्तिक २०८३, सोमबार

इन्काउन्टरमा मारिएका घैंटेका पार्टनर हतियार सहित पक्राउ, प्रहरीमाथि बम हानेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-
बरामद गरिएको पेस्तोल

काठमाडौं, १८ मंसिर । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका एक पार्टनर राजधानीमा हतियासहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुको विशेष टोलीले घैंटेका सहयोगी नक्कले भनिने बिराज तामाङलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । बालाजु क्षेत्रमा आतंक मच्याउँदै आएका तामाङ हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार थिए ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अभियुक्त तामाङलाई राजधानीको मनमैजुस्थित बसन्तनगरमा लुकिछिपी बसेको अवस्थामा पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिनुभयो । उनले आफ्नो स्थायी घर नुवाकोट, कल्याणपुर ७ धनिधावामा घरभित्र १ थान पस्तोल र ३ राउण्ड गोली लुकाएर राखेका थिए ।

सात वर्षदेखि फरार रहँदै आएको तामाङले नुवाकोट विदुर बस्ने अनिल श्रेष्ठलाई ७ वर्षअघि नै गोली प्रहार गरेका थिए । यस्तै, २०७१ साल जेठ १४ विदुरमा उनले प्रहरी टोलीमाथि सकेट बम प्रहार गरेका थिए भने २०७१ पुष २४ गते, विदुर ४ मा डोल बहादुर घलेमाथि खुकुरी प्रहार गरेको महाशाखले जनाएको छ ।

उनलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटको जिम्मा लगाइएको छ ।