– कविता
बिश्वास छैन भारत र नेपाली नेताको
घिनाइलो काम् शुरू भयो – पन्चे बामपन्थी को ।
देश द्रोही लाइ राहत् मिल्ला – कुरा अन् गन्तिको ।।
मान्छे मार्ने आगो लाउने – जेल् मुक्त हुनेछन् ।
गरिब जन्ता खाना नपाइ – भिक् नपाइ रुनेछन् ।।
प्रतिपक्ष आन्दोलन्कारी – सत्ताका भोगि छन् ।
सर्कार् ढलाइ देश लुट्नलाइ – मनभित्रै रोगि छन् ।।
आन्दोलन् हुनेछ बन्द – खोका र पद् पाए ।
आपूर्ति हुनेछ सहज् – भारतले कद् पाए ।।
पापी आँखो चायवालाको – नेपाल् का नदीमा ।
बिपक्ष र नया शक्ति – जाहेर् छन् खतिमा ।।
आलोचना एक् अर्काको – कुर्सी मात्रै ताकी ।
बर्बाद पार्यो नेपाल को – नाम् निसान् नराखी ।।
मान बहादुर बिष्ट
बेंगलूर भारत ।।
















प्रतिक्रिया