१ कार्तिक २०८३, शनिबार

चलचित्र ‘चकलेट’बाट उठेको सबै रकम अनाथ बालबालिकाका लागि खर्च गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chocolate-Nepali-movies_01-600x0काठमाडौँ । चलचित्र ‘चकलेट’बाट उठेको सबै खर्च अनाथ बालबालिकाका लागि खर्च हुने भएको छ ।

टेलिश्रृङ्खला तीतो सत्यमा ‘गैँडा’ नामले चिनिएका निर्मल शर्माले पहिलो पटक निर्देशन गरेको यो चलचित्र शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

चलचित्रको कथा दरबारमार्ग क्षेत्रमा देखिने १० जना सडक बालबालिकाको वास्तविक कथामा आधारित भएकाले सोही क्षेत्रमा खर्च गरिने निर्देशक शर्माले बताउनुभयो । नायिका पूजना प्रधानको लगानी रहेको चलचित्रमा उहाँ नै मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै, चलचित्रमा तेजस्वी प्रधानसहित नौ जना बालकलाकारले अभिनय गरेका छन् । अन्य कलाकारमा आयुष्मान घिमिरे, नम्रता झा, केशव भट्टराई आदि छन् ।

यो साता चलचित्र ‘चकलेट’को एकल प्रदर्शन हुनेछ । यसअघि, हरेक साता दुई वा दुईभन्दा बढी चलचित्रको भिडन्त भइरहेको अवस्था थियो । बालबालिकाको वास्तविक कथा बोकेको र एकल प्रदर्शन हुने भएकाले यो चलचित्र सफल हुने अनुमान गरिएको छ । हङकङ र युरोपका विभिन्न देशमा चलचित्र ‘चकलेट’को सफल प्रदर्शन भइसकेको छ । रासस