काठमाडौं, १७ मंसिर । दशगजा क्षेत्रमा भारतीय नागरिक कुटिएको विरोधमा भारतीय सीमावर्ती सहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलेको छ ।
बुधबार नेपाल प्रहरीले नेपालमा रहेका भारतीयमाथि कुटपिट गरेको भन्दै बाँकेस्थित नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार रुपैडिहामा विहीबार भारतीय नागरिकले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । उनीहरुले ओलीविरुद्ध नाराबाजी गर्दै बाँकेका प्रहरीको पुत्ला समेत जलाएका छन् ।
यसरी पुत्ला जलाउनेमा रुपैडिहा बजारका व्यापारी रहेका छन् जसमा मधेसी मोर्चाका कार्यकर्ताले पनि साथ दिएका छन् । पुत्ला दहनसँगै उनीहरुले शुक्रबार र शनिबार रुपैडिहा बजार बन्द गर्ने घोषणा गरेका छन् ।
तस्वीर: राजेन्द्र नाथबाट












प्रतिक्रिया