मुम्बई । पञ्जाबी सिंगर भनेर चिनिने गायक हनी सिंहका गीत आजभोली जंगली जनावर भगाउन बजाउने गरेको खुलासा भएको छ ।
जंगली जनावरको आतंकबाट हैरान भारतको उत्तराखण्डका किसानले अनौठो उपाय लगाएका छन् । उनीहरुले नैनीतालका किसानबाट हनी सिंहको गीत बजाउने उपाय थाहा पाएका हुन् ।
भारतीय च्यानल आजतकका अनुसार यहाँका किसानले आफ्नो खेती बचाउन हनी सिंहको गीतमा बजाउने गरेका हुन् । नैनीतालको धारी गाउँका ४८ वर्षीय किसान बिशन जन्तवाल भन्छन्– अर्काे गाउँका जेष्ठ नागरिकको सल्लाह अनुसार जंगली जनावर धपाउन खेतमा साउण्ड बक्स राखेर लाउडस्पीकर गरेर हनी सिंहको हिट नम्बर्स र अन्य पञ्जाबी गीत बजाउने गरेका छौं ।’
यो खबर हनी सिंहले थाहा पाएपछि उनी अचम्ममा परेका छन् । उनले किसानको खेतवाली जोगिएकोमा आफूलाई आनन्द लागेको बताए ।
















प्रतिक्रिया