३० आश्विन २०८३, शुक्रबार

एक हप्ता नपुगी ‘कबड्डी कबड्डी’ले कमायो दुई करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabaddi-kabaddi

काठमाडौँ । चलचित्र ‘कबड्डी कबड्डी’ ले करिब पाँच दिनमा रु दुई करोडभन्दा बढीको व्यापार गरिसकेको निर्माण पक्षले जनाएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र करिब रु एक करोडको लगानीमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो दोस्रो चलचित्र हो ।

यसअघि उहाँकै निर्देशनमा बनेको ‘कबड्डी’ले पनि सफल चलचित्रको दर्जा पाएको थियो । उक्त चलचित्रले अघिल्लो वर्ष ‘उत्कृष्ट चलचित्र’को रुपमा राष्ट्रिय पुरस्कारसमेत पाएको थियो ।

‘कबड्डी’ फिल्मको दोस्रो अध्यायको रुपमा आएको ‘कबड्डी कबड्डी’को विशेषता भनेको मौलिक कथा र स्थानीयता हो । यसमा मुस्ताङका थकाली समुदायमा रहेको मामाचेला/फूपुचेलाबीच चल्ने बिहेवारीको कथा छ । चलचित्रमा प्रेम र राजनीतिका विषयवस्तुलाई हाँस्यपरक ढङ्गले प्रस्तुत गरिएको छ ।

आफ्नो उद्देश्य चलचित्रले दर्शकलाई मनोरञ्जन दिने मात्र रहेको बताएका निर्देशक गुरुङले भन्नुभयो, “हामीले मुस्ताङको एउटा थकाली गाउँको कथालाई त्यहीँको जस्तो पात्रमार्फत दर्शकलाई विशुद्ध मनोरञ्जन दिने प्रयास गरेका छौँ, तर दर्शकले के सन्देश ग्रहण गर्छन् त्यो उनीहरुलाई नै छोडिदिऊँ ।”

सिनेमा आर्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् भने रौनकविक्रम कँडेल र सुनिलचन्द्र रौनियार यसका निर्माता हुन् । रासस