३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोट यु-१९ लिगमा निलो टोली विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-19-Nepali-Cricket

काठमाडौँ, १५ मङ्सिर । उन्नाइस वर्षमुनि (यु–१९) लिग क्रिकेट प्रतियोगिताअन्तर्गत यु–१९ निलो टोलीले यु–१९ हरियो टोलीलाई ८१ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको निलोले निर्धारित ५० ओभरको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २२९ रन बनायो । जवाफी ब्याटिङमा आएको हरियो ४२.४ ओभरमै सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

निलोलाई सहज जित दिलाउन पवन थापाले ४९, सन्दीप सुनारले ४५, कप्तान आरिफ शेखले ३५, इशान पाण्डेले २३, आशिफ शेखले २० तथा अरुण ऐरीले अविजित रहँदै १४ रनको योगदान गरेका थिए ।

त्यस्तै, कप्तान आरिफले ४, इर्शाद अहमदले ३, रिजन ढकालले २ तथा दीपेश श्रेष्ठले १ विकेट लिएपछि हरियो टोली पराजित भयो ।

हरियोका कुशल भुर्तेलले २४ र हिमांशु दत्तले ३१ रन तथा अविनाश बोहरा र ललित राजवंशीले २÷२ विकेट लिए पनि हार टरेन ।

आजको जितले ४ अङ्क बनाएको निलो टोली समान अङ्क बनाएको रातो टोलीसँगै लिगको शीर्ष स्थानमा छ भने हरियो टोलीले २ अङ्क मात्र जोडेको छ ।

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी जनवरीमा बङ्गलादेशमा हुने यु–१९ विश्वकपका लागि बन्ने टोलीमा ठाउँ बनाउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । रासस