३० आश्विन २०८३, शुक्रबार

राडरमा समस्या आउदा एअर एसिया विमान दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

airasia_819091750

जाकार्ता (इन्डोनेसिया), १६ मङ्सिर । इन्डोनेसियाली छानविन टोलीले गएको डिसेम्बर २८ मा इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेका एअर बस ए–३२० उडेको विमान दुर्घटना राडर प्रणालीमा समस्या भएको कारण भएको यहाँको राष्ट्रिय यातायात तथा सुरक्षा समितिले मङ्गलबार बताएको छ ।

समितिले विमान दुर्घटनाबारे छाविन गर्न बनएको समितिको सदस्यहरुले राडर प्रणालीमा समस्या आएपछि विमान चालकद्वारा दिएको सूचनाका बारेमा प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि इन्डोनेसियाको जाभा इलाकामा दुर्घनाग्रस्त भएको बताए ।

विमानको फइलट ८५०१ को ‘डाटा रेकर्डर’को समीक्षा पश्चात् छानविन टोलीले विमानको रार्डर प्रणालीमा समस्या भएपछि सूचना आदानप्रदानमा कठीनाई भएको र पछि विमान दुर्घटना हुन पुगेको बताएको हो ।

विमान मर्मत रेकर्डबाट यसको रार्डर प्रणालीमा एक वर्षको अवधिमा २३ पटकसम्म समस्या आएको थाहा हुन आएको बताइएको छ ।

विमान दुर्घटनामा खराब मौसमको कुनै भूमिका नदेखिएको अनुसन्धानकर्ताहरूरले दाबी गरको छन् । रासस/एपी