गुल्मी । चर्चित कलाकार भुवन केसी र झरना थापा चक्रेश्वर आउने भएका छन् ।
गुल्मीको शान्तिपुरमा मंसिर २१ गतेबाट २५ गते सम्म आयोजना हुने चक्रेश्वर मेलाको सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन राष्ट्रिय स्तरका कलाकारसहित नेपाली चलचित्रका नायक नायिका, डान्सरहरु पनि आउन लागेको चक्रेश्वर मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा नायक भुवन केसी, नायिका झरना थापा, नेपाली सकिरा इन्दिरा जोशी, गायक गायिकाहरु बद्री पंगेनी, मञ्जु पौडेल, सन्तु थापा, ज्योति लोहोनी, सुशिला गौतम, डान्सर अवन्तिका घर्ति मगर, डान्सर अन्जली थापा हाँस्यकलाकार सुलेमान संकर इकु सहित एक दर्जन भन्दा वढी कलाकारहरुले उपस्थिती रहने आयोजकले जनाएको छ ।















प्रतिक्रिया