३० आश्विन २०८३, शुक्रबार

सलमान खानलाई ठूलो झट्का !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khan-1

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई ‘हिट एण्ड रन’ केशमा ठूलो झट्का लागेको छ ।

मुम्बई उच्च न्यायालयले सोमबार सलमानको गरेको बिन्ति खारिज गरिदिएपछि उनलाई ठूलो झट्का लागेको हो । उनले २००२ मा भएको ‘हिट एण्ड रन’ केशमा आफ्ना साथी र गायक कमाल खानलाई साँची र बयानका लागि बोलाउन अदालतसामू विन्ति गरेका थिए ।

तर, उक्त विन्ति अदालतले खारेज गरिदिएपछि उनी संकटमा परेका हुन् । यससँगै अब सलमानको जेल जाने सम्भावना फेरि बढेको छ । सलमानका वकील अमित देसाईले भनेका छन्– सलमानको मुद्दा हर्दै आएका न्यायाधीश एआर जोशीले सलमानको बिन्ति अदालतले अस्वीकार गरेको फैसला सुनाएका छन् ।

यसअघि सलमानलाई तल्लो अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो तर, हाई कोर्टले उनको बचाउ गर्दै तारेखमा रिहा गरेको थियो । अहिले पनि उनको मुद्दा चलिरहेको छ । यो मुद्दाको सुनुवाई आज पनि जारी रहेको छ ।