मुम्बई । सन् २००८ मा आफ्नो फिल्मको बुटिङ सेटमा एक फ्यानलाई थप्पड़ हानेका बलिउड अभिनेता गोविन्दाले माफी माग्ने भएका छन् ।
थप्पड हानेपछि गोविन्दाविरुद्ध सार्वजनिक स्थलमा बेइज्ज गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दाको ७ वर्षपछि फैसला गर्दै भारतको सुप्रीम कोर्टले गोविन्दालाई थप्पड हानेका फ्यानसँग माफी माग्न आदेश दिएको हो ।
सोमवार सुप्रीम कोर्टका न्यायाधीश टी एस ठाकुरको अध्यक्षता बसेको बेञ्चले गोविन्दाले आफ्ना फ्यानलाई हानेको थप्पडको भिडियो हेर्दै उनी कलाकार भएर यसरी प्रस्तुत भएकोमा निन्दा गरेका छन् । भिडियो हेरिसकेपछि न्यायाधीश ठाकुरले भनेका छन्– गोविन्दा एक चर्चित व्यक्ति हुन् उनले सार्वजनिक स्थानमा यस्तो व्यवहार गर्नुहुँदैन् ।
यो घटनालाई अदालतमा बसेको बेञ्चले भनेको छ– ‘उनले यो सबै रियलमा गर्नु जरूरी छैन् जो उनी रील लाइफमा गर्छन् ।’ न्यायाधीश ठाकुरले अदालतको फैसला सुनाउँदै गोविन्दाले पीडित समर्थकसँग आफ्नो यो व्यवहारका लागि माफी मागेर यो घटनालाई टुंग्याउनुपर्छ ।















प्रतिक्रिया