काठमाडौं, १५ मंसिर । विश्व फुटबल स्टार लिओनल मेस्सीले यसवर्षको प्लेयर अफ दि इयर र स्ट्राइकर अफ दि इयरको उपाधि जितेको छन् ।
टीममेट लुइस स्वरेज र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका स्ट्राइकर मेस्सी प्लेयर अफ दि इयर र स्ट्राइकर अफ दि इयर घोषित भएका हुन् ।

यसपटक रोनाल्डोले भने कुनै उपाधि जित्न सकेनन् । उत्कृष्ट गोलरक्षकमा बार्सिलोनाका ब्राभो र प्रशिक्षकमा बार्सिलोनाकै लइस एनरिके बनेका छन् । उत्कृष्ट डिफेण्डर रियल मड्रिडका सर्जिओ रामोस र मिडफिल्डरमा जेम्स रोड्रिग्वेज छन् ।
बार्सिलोनाका नेयमार ला लिगामा उत्कृष्ट अमेरिकन प्लेयर बनेका छन् । बार्सिलोनाले गत सिजन ला लिगाका साथै च्याम्पियन्स लिगसहित तीन उपाधि जितेको थियो ।
















प्रतिक्रिया