३० आश्विन २०८३, शुक्रबार

नायिकाको चिन्ता, ‘विवाह गर्दा तपाईहरूलाई अवश्य भन्ने छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Preity-Zintaमुम्बई । बलिउड अभिनेत्री प्रीती जिन्टाले तत्काल विवाह गर्ने कुनै योजना नरहेको बताएकी छिन् । उनले विवाह गर्ने भएमा आफ्ना सबै शुभेच्छुकहरूलाई जानकारी गराउने बताएकी हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत अभिनेत्री प्रीती जिन्टाले विवाहको समाचारको खण्डन गरेकी हुन् । ‘अहिले विहे गर्ने कुनै योजना छैन’, उनले भनेकी छिन्, ‘विवाह गरे भने सबैलाई जानकारी गराउने छु । लुकेर विवाह गर्दिन ।’

अभिनेत्री प्रीती जिन्टाले आगामी जनवरी महिनामा विवाह गर्दैछिन् भनेर भारतीय सञ्चारमाध्यमहरूमा समाचार आएका थिए । सो समाचार सही नभएको प्रीतीको भनाइ छ ।

चासील वर्ष उमेर पुगिसकेकी अभिनेत्री प्रीती जिन्ताको विवाहलाई लिएर समर्थकहरूले चासो राख्ने गरेका छन् ।