मुम्बई । भारतीय सिनेजगतमा एकसे एक सुपरी हिटी फिल्म दिएका अभिनेता सलमान खान ढल्कदो उमेरसँगै नाम र दाममा अगाडि देखिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सलमानले बलिउडका सबै अभिनेतालाई कमाइको हिसाबले धेरै पछाडि छाडेका छन् ।
उनको पछिल्लो फिल्म ‘प्रमे रतन धन पायो’ २ सय करोड क्लवमा समेल भइसकेको छ । यो फिल्मले कमाउने क्रम जारी राखेको छ ।
समाचार अनुसार यो फिल्मले पाँच सय करोड कमाइ सकेको छ ।
सलमानको अर्को फिल्म ‘बजरंगी भाइजान’ले पनि झण्डै तीन सय करोड कमाइ गरेको छ ।
सलमानको ‘किक’ले पनि दुई सय करोडभन्दा अधिक कमाइ गरिसकेको छ । यी तीन फिल्मको कमाइ जोड्ने हो भने यो वर्ष सलमानले बलिउडमा सबैभन्दा धेरै कमाइ गरेका छन् ।
सलमानले आमिर खानका सबै फिल्मको रेकर्डलाई उछिनेर अत्याधिक कमाइ गरेका हुन् । यो कमाइसँगै बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेतामा पनि सलमान परेका छन् ।
उनको कामई यात्रासँगै आकर्षण पनि बढ्दै गएको छ । पाँच दसकमा हिँडिरहेका सलमान अविवाहित हुन् । तर उनको आकर्षणमा कुनै कमी आएको छैन ।















प्रतिक्रिया