३० आश्विन २०८३, शुक्रबार

मोदी हाम्रो त खुकुरी समाउने हात चिलाउन थाल्यो, के तिम्रो पनि गर्धन चिलाएको हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-main2काठमाडौं । नेपाल स्वतन्त्र राष्ट्रको परिचय बनाएको देश हो । यो परिचयलाई धमीलो बनाउने प्रयासहरु पटक पटक हुने गरेका छन् । त्यस्ता प्रयासहरुलाई असफल तुल्याउन नेपालीहरु हरेक पटक एक हुने गरेका छन् ।

इतिहास साक्षी छ, भारत अंग्रेजको गुलाम बन्यो । नेपाल डटेर लड्यो । नेपाल सँधै संसारलाई हाँक दिएर ठाडो शिर गरेर रहन सक्यो । त्यसैले संकटको घडिमा संयुक्त राष्ट्रसंघदेखि शक्ति सम्पन्न देशले समेत नेपाली सेनाको साथ र सहयोग लिने गरेका छन् ।

तर, अहिले भारतीय नाकाबन्दी सामू नेपाल कमजोर देखिएको हो कि भन्ने भ्रम छाएको छ । यो समयमा हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलले नेपालीहरुको शक्तिको गरिमालाई पुनर्ताजगी गरेका छन् । हाँस्यकलाकार राजा राजेन्द्रले कवितामार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई छिमेकी आमालाई दुःख दिएको पापले सँधै पोल्ने भन्दै यस्ता शब्द संयोजन गरेका छन् ।

कविता/(भिडियो सहित)

ए मोदी, तिम्रो बाउ, बाउका हजुर बाउ

हजुर बाका पनि हजुरबाउलाई जसले गुलाम बनाएर शासन चलाए

इतिहास पढ हाम्रा पुर्खाले तिम्रा तिनै मालिक शासकलाई पनि ढलाए

कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्यमा ग्रहण लगाए

तोप बोकेर आएकाहरुलाई ढुंगा हानेर भगाए

आज त्यी नै नेपालीलाई जीस्क्याउने कस्तो बुद्धि पलाएको हो ?

हाम्रो त खुकुरी समाउने हात चिलाउन थाल्यो, के तिम्रो पनि गर्धन चिलाएको हो ??

हरेक नेपाली गर्भमै तिखारिएको काँडा हो

निल्न नखोज घाँटीमा अड्कीन सक्छ

हरेक नेपाली आफैँमा एटम बम हो

आवश्यकता पर्नासाथ पड्कीन सक्छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=0kFJihnlWLU