मुम्बई । बलिउड अभिनेता आमिर खानमाथि थप्पडको वर्षा भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा असहिष्णुता बढाएको भन्दै देश छाड्ने सल्लाह श्रीमतीले आफूलाई दिएको अभिव्यक्ति दिएका आमिरदेखि रिसाउँदै हिन्दूवादी समर्थकले आमिरलाई थप्पड हानेका हुन् ।
भारतभर आमिरविरुद्ध प्रदर्शन भइरहेको छ । मोदीलाई समर्थन गर्ने शिवसेनाको पञ्जाब इकाईले त आमिरलाई जसले थप्पड़ हान्नेछ उसलाई हरेक थप्पडको एक लाख रुपयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो ।
सिवसेनाको यस्तो घोषणापछि आमिरसँग रिसाएका केही समर्थकले एक वेबसाइट (Slapamir.com) बनाएका छन् । जहाँ समर्थकले आमिर खानको फोटोमा थप्पड हान्न सक्छन् । यो वेबसाइटलाई मायामी ऐड स्कूलका विद्यार्थीले बनाएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म वेबसाइटमा राखिएको आमिरको फोटोमा ५३ लाख समर्थकले थप्पड हानेका छन् ।
पञ्जाब शिव सेनाका अध्यक्ष राजीव टण्डनले जसले आमिर खानलाई थप्पड हान्नेछ त्यसलाई एक लाख रुपैयाँ दिने बताएपछि यो वेवसाईट सञ्चालनमा ल्याइएको बताइएको छ । टण्डनले लाख रुपैयाँ दिन्छन् दिँदैनन् त्यो हेर्न बाँकी छ । हाल आमिर फिल्मको शूटिंगका लागि पञ्जाबमै छन् ।
















प्रतिक्रिया