३० आश्विन २०८३, शुक्रबार

प्रेमको अर्थ नबुझ्दा के भयो ? (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dinesh 1

काठमाडौं । प्रेम गर्नुको अर्थ प्राप्ति मात्र होईन्, त्याग पनि हो भन्ने सन्देश बोकेको नयाँ गीत ‘प्रेमको अर्थ प्राप्ति होईन’ को म्युजिक भिडियो
सार्वजनिक भएको छ ।

गीतकार सुरेश घिमिरेको शब्द र विष्णु तामाङको संगीतमा तयार भएको गीतमा राजेशपायल राईको स्वर छ । यो गीत ‘मिठो मुर्छना’ एल्बममा समावेश छ ।

भिडियोमा दिनेश खरेल र ममता धामीले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने केशव घिमिरे र भानुलाई पनि भिडियो देख्न सकिन्छ । भिडियोमा प्रहरी सेवामा रहेका दिनेशलाई ममताले मनपराए पनि उनको दाजुले प्रहरीलाई बहिनी दिन नसक्ने भएपछि तोडिएको प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा उत्सव ढकालको छायांकन, दीपक विष्टको सम्पादन र बसन्त सापकोटाको निर्देशन छ । एल्बमलाई भाईब्स क्रिएसनले बजारमा ल्याएको हो ।

हेर्नुस् भिडियोः