काठमाडौं । शनिबार दिउँसो नेपाल आएकी पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीले एक क्यासिनोमा डान्स गरेको खुलासा भएको छ ।
शनिबार राति काठमाडौंको एक प्रतिष्ठित क्यासिनोमा उनले आफ्ना पति डेनियल वेबरसँगै डान्स गरेकी हुन् । खासमा सन्नी हालै उनलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको एक मदिराको प्रचारप्रसारका लागि नेपाल आएकी हुन् ।
दोस्रोपटक नेपाल आएकी सन्नी लियोनीले नेपाल आएपछि पहिलोपटक आउँदाको जस्तै नेपालमाथि प्रेम दर्शाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन- ‘धन्यवाद नेपाल ! मुटुदेखि नै न्यानो आतिथ्यता दिएकोमा । मैले यो सहरमा आएर केही कुरा सिक्न सक्षम भएजस्तो महसुस गरेको छु ।’
त्यस्तै, उनले आजै भक्तपुरका सांस्कृतिक सम्पदाको पनि भ्रमण गरेकी छिन् । उनले सामाजिक सञ्जालबाट नेपालमा बिताएको समय सुखद भएको प्रतिक्रिया दिएकी छिन् । उनी आफ्नो परिवारसहित शनिबार दिउँसो नेपाल आएकी थिईन् ।















प्रतिक्रिया