३० आश्विन २०८३, शुक्रबार

बंगलादेशमा पूर्वप्रधानमन्त्री जियालाई अदालतमा उपस्थित गराइँँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khaleda ziaढाका (बङ्लादेश), १३ मङ्सिर । बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार आरोपमा सोमबार यहाँको विशेष अदालत सामु उपस्थित गराइने भएको छ ।

पूर्वप्रधानमन्त्री जियालाई गैरकानुनीरुपमा एक विदेशी ठेकेदार कम्पनीलाई राज्यको ढुकुटीमा घाटा पर्ने गरी ठेक्का सम्झौता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

जियालाई स्थानीय समयअनुसार ११ः३० बजे विशेष अदालत–९ मा उपस्थित गराइने बङ्गलादेशको प्रतिपक्षी पार्टीका सल्लाहकार सनुल्ला मियाँले पत्रकार सगँको कुराकानीका क्रममा बताउनुभयो । रासस/सिन्ह्वा