काठमाडौ । साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को फस्ट लुक (ट्रीजर) सार्बजनिक भएको छ ।
सार्बजनिक २७ सेकेन्डको ट्रीजरमा दर्शकलाई सम्बाद बिनाको केही सिन राखिएको छ । जुन सिनहरु निकै डरलाग्दा छन् । भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेको यो चलचित्रमा सम्पुण प्राबिधिक समेत भारतीयनै रहेका छन् ।
नेपालको पाल्पा, बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् । २७ घण्टामा एक ब्याक्तीको जिबनभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ ।
चलचित्रमा रिजन कोइरालाको संगित, वँशी अट्लुरीको सम्पादन, सचिन सतमको भिएफएक्स, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायँकन रहेको छ ।
https://www.youtube.com/watch?v=KDXc3ehm678
















प्रतिक्रिया