मुम्बई । असहिष्णूताबारे बोलेर विवादमा तानिएका बलिउड अभिनेता आमिर खानलाई अर्का अभिनेता शाहरुख खानले कडा जवाफ दिएका छन् ।
असहिष्णूता बढाइरहेको नरेन्द्र मोदी सरकारविरुद्ध लक्षित गर्दै आमिरले बढ्दो असहिष्णूताले परिवारसँग देश छाड्ने सल्लाह भएको बताएका थिए । उनको यस्तो अभिव्यक्तिपछि भारतमा हंगामा मच्चिएको थियो ।
यसअघि यो विषयमा आफै विवादमा तानिएका शाहरुखले आमिरको उक्त भनाईमा असहमति जनाउँदै उनलाई कडा जवाफ दिएका छन् । एक भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा शाहरुखले बलिउड कलाकारहरुले जे पनि पाएका छन् त्यो सबै देशबाटै मिलेको भन्दै देश छाड्ने कुरामा आपत्ति जनाए ।
उनले जस्तोसुकै समस्या आएपनि, असहिष्णूता बढेपनि देश नै ठूलो सम्पत्ति भएको बताउँदै देश छाड्ने सल्लाहलाई कायरताको संज्ञा दिए । शाहरुखले भने– हामी कुनै धर्मको विरोधी होइनौ, हामीले ने पाएका छौं, त्यो सबै देशबाटै मिलेको हो ।
शाहरूखले हामी शिक्षित र खुल्ला विचार भएका मानिस बन्नुपर्छ भने । उनले कसैलाई पनि डरको त्रास नहुने वातावरण सिर्जना गर्नुपर्ने बताए । कलाकारबारे खासै नबोल्ने शाहरुखले पहिलोपटक आमिरको कुरामा असहमति जनाउँदै कडा जवाफ फर्काएका हुन् ।
















प्रतिक्रिया