३० आश्विन २०८३, शुक्रबार

वरिष्ठ अधिवक्ताको गोली हानी हत्या, हत्याको विरोधमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkey Lawyer Killed

अङ्करा (टर्की), १२ मङ्सिर । कुर्दिसभाषी एक वरिष्ठ अधिवक्ता तथा प्रसिद्ध मानव अधिकारवादी नेता ताहिर एल्सीका अज्ञात बन्दुकधारीले शनिबार गोली हानी हत्या गरेको विरोध स्वरुप टर्कीमा सयौंको सङ्ख्यामा उपस्थित नागरिकले हत्याको विरोध गर्दै आइतबार टर्कीका विभिन्न शहरमा प्रदर्शन गरेका छन् ।

वरिष्ठ अधिवक्ता तथा टर्कीको दक्षिणपूर्वी दियारवाकिर प्रान्तका बार एसोसिएसनका प्रमुख ४९बर्षीय एल्सीको आक्रमणका क्रममा एक प्रहरीअधिकारीकोे समेत मृत्यु भएको थियो । घटनामा एक अर्का वकील तथा दुई प्रहरी पनि घाइते भएका थिए ।

एल्सीले केही समय अगाडि कुर्दिस्तान वकर्स पार्टी (पिकेके) आतङ्ककारी सङ्गठन नभएको बताएपछि उनको टर्कीमा व्यापक आलोचना हुँदै आएको थियो । टर्कीमा सन् १९८४ देखि सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म करिब ४० हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

टर्कीको सरकार, युरोपियन युनिएन र अमेरिकालगायतका राष्ट्रहरुले पिकेकेलाई आतङ्कवादी सङ्गठनका रुपमा व्याख्या गर्दै आएका छन् । रासस/एपी