३० आश्विन २०८३, शुक्रबार

मदन पुरस्कारबाट विजयकुमार र जगदम्बाश्रीबाट अङ्गुरबाबा सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-kumar

काठमाडौँ, १२ मङ्सिर । मदन पुरस्कार गुठीले आज एक समारोहबीच मदन पुरस्कारबाट ‘खुसी’ पुस्तकका लागि विजयकुमार पाण्डे र जगदम्बाश्री पुरस्कारबाट शिक्षा क्षेत्रमा योगदान पु¥याउनुभएका अङ्गुरबाबा जोशीलाई सम्मान गरेको छ ।

स्वर्गीय जनरल मदनशंसेरको सम्झनामा मदन पुरस्कार २०१२ सालदेखि र रानी जगदम्बाको स्मृतिमा जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि प्रदान गरिँदै आएको हो । सो पुरस्कारको राशि रु दुई÷दुई लाख रहेको छ ।

प्रत्येक वर्ष दसैँको बेला प्रदान गरिंदै आएको सो पुरस्कार यसपटक भारतको नाकाबन्दीका कारण आजका दिन कार्यक्रम गर्नुपरेको गुठीका प्रमुख कमलमणि दीक्षितले जानकारी दिनुभयो ।

पूर्व मुख्यसचिव लीलामणि पौडेलले मदन पुरस्कारलाई नेपाली भाषा, संस्कृति क्षेत्रमा प्रदान गरिने नोबेल पुरस्कारका रुपमा व्याख्या गर्नुभयो ।

पुरस्कार ग्रहण गर्दै जोशीले आफूले प्राप्त गर्ने गरेको कुनै पनि सम्मान रकमलाई समाजसेवामा खर्च गर्दै आइरहेको बताउँदै अहिले प्राप्त पुरस्कार रकम रु दुई लाखमध्ये एक लाख नेपालको इतिहासमा पहिलोपटक स्थापना भएको गार्गी कन्या गुरुकूल र अर्को एक लाख अन्य समाजसेवामा खर्च गर्ने जानकारी दिनुभयो । उहाँले सही शिक्षादीक्षाबाट नै भविष्यमा सुयोग्य नागरिक बन्ने भन्दै जीवनमा शिक्षाको महत्वबारे बताउनुभयो ।

यसैगरी अर्का सम्मानित व्यक्तित्व पाण्डेले पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफूले पुस्तक नलेखेको भए पनि पुस्तकले धेरैलाई प्रेरणा दिएकाबारे थाहा पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो । रासस

तस्वीरः भरतबन्धु थापाबाट ।