३० आश्विन २०८३, शुक्रबार

प्रेम र पीडा भरिएको ‘डार्लिङ हार्बर’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

book launch 1

काठमाडौं । पुस्तक विमोचनका लागि भेला भएका दर्शक त्यतिबेला आश्चर्यमा परे, जब मञ्चमा वक्ताका साटो दुई कलाकार (बादल भट्ट र ओजश्वी भट्टराई) देखिए । उनीहरु दुबै फेवातालमा डुङ्गा खियाउँदै गरेजस्तै गर्दैगए । युगल जोडी बेलाबेलामा एकआपसमा पानी छाप्दथे ।

‘पानीमुनि हात नराख, माछाले टोक्ला ?’ केटाले जिस्क्यायो ।
‘टोक्छ खुब ।’ केटी लाडिई
केहीबेरमा उनीहरु हरियो भ¥याङ्ग उक्लिएर स्तुपातिर हानिए ।
‘स्तुपाबाट पोखरा निकै सुन्दर देखिन्छ है’, केटाले सोध्यो ।
‘यही राम्रो पोखरालाई विदेशीहरु फोटो खिचेर लैजान्छन् । र पोष्टर बनाएर बेच्छन् । म अहिले त्यही पोष्टरको पोखरा हेर्दैछु ।’
उनीहरु हाँस्दै खेल्दै एकअर्काको हात समातेर हिंड्दैछन् । ओर्लने बेला केटाले सोध्छ–‘माथि उक्लिएपछि एकदिन सबैलाई तल झर्नैपर्छ । कतै हाम्रो सम्बन्ध पनि ओरालो लाग्ने त हैन ?’
‘अँ, खुप’ केटी मस्किदै आउँछे र केटालाई हातमा समातेर आपूmतिर तान्छे ।
यत्तिकैमा गुलेली खेलाउँदै आएका केटाहरुको समूहले ढुकुरलाई ताकेर हान्छ । एउटा ढुकुर गुलेलीको प्रहारले ढल्छ । नेपथ्यमा बन्दुक र गोलाबारीको आवाज चल्न थाल्छ । मञ्चमा बन्दुक बोकेका मानिसहरु देखापर्छन । केटाकेटी एकअर्कालाई च्यापेर कुनातिर लुक्छन् ।
केहीबेरमा बन्दुकको आवाज रोकिन्छ ।
केटी मरेको ढुकुर उठाउँछे ।

cover‘शिकारीले गुलेली हानेर ढुकुरको जोडीलाई छुटायो । यो हिंसा र द्वन्द्वले कति जोडीलाई छुटाउने हो ?’ मलिन स्वरमा केटी प्रश्न गर्छे । प्रकाश बिस्तारै धमिलो हुन्छ । अनि वक्ता भूपेन्द्र खड्काले पुस्तक विमोचनका लागि सबैलाई स्वागत गर्छन् ।

निष्प्रभ सजीको पहिलो उपन्यास डार्लिङ हार्बरको विमोचन शनिबार शिल्पी थिएटरमा नाटकीय पारामा भएको हो । सशस्त्र द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव, त्यसबीचमा अंकुराएको एकजोडी प्रेम र त्यसमा असफल भएपछि विदेशिएको युवाको कथालाई उपन्यासले समेटेकाले उपन्यासको सार झल्किने नाटकबाट विमोचन कार्यक्रम शुरु गरिएको लेखक सजीले जानकारी दिए ।

पाका साहित्यकार मुकुन्दशरण उपाध्यायले उपन्यासको विमोचन गरे । लेखक बुद्धिसागर र नयनराज पाण्डेले त्यसमाथि चिरफार । कविताबाट आख्यानतिर लागेका बुद्धिसागरले आप्mनो पदचाप पछएका लेखक निस्प्रभ सजीको लेखनीको खुलेर प्रसंशा गरे । ‘निष्प्रभको लेखाई नयाँ आख्यानकारको जस्तो लाग्दैन । लामो अनुभवपछि लेखिएको जस्तो छ । मैले एकै बसाईमा यो उपन्यास सकें’, उनले भने । कविको उपन्यास भएकाले डार्लिङ हार्बरमा प्रचुर मात्रामा काव्य झल्किने बुद्धिसागरले बताए ।

आख्यानकार नयनराज पाण्डेले नाकाबन्दीले पुस्तक बजार थला परेका बेला डार्लिङ हार्बर सार्वजनिक हुनु आफैंमा सकारात्मक भएको प्रतिक्रिया दिए । प्रेमलाई केन्द्रमा राखेर उपन्यास लेखिएको भन्दै उनले पाठकले पनि लेखकलाई प्रेम गर्ने बताए ।

लेखक सजीले आपूmले बिताएको समयको विम्वका रुपमा उपन्यास लेखेको बताए । उपन्यासमा डायस्पोराको जीवनका बारेमा पनि धेरथोर उल्लेख भएकाले सबै वर्गका पाठकलाई यसले छुने उनको दाबी थियो ।

विविध कारणले युवा पलायन हुने प्रवृति र परदेशिएका युवायुवतीको जीवनशैली एवम् पश्चिमाञ्चलको आञ्चलिकता डार्लिङ हार्बरको विशेषता हो । बुकहिलले बजारमा ल्याएको २ सय ३२ पेजको उपन्यासको मूल्य ३ सय ५० रुपैंया छ ।