१ कार्तिक २०८३, शनिबार

पिसाब फेर्दा पनि छाडेनन्, गोठमा घिसारी घिसारी बालिकाको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

पर्सा, १२ मंसिर । पर्सामा पिसाब फेर्न निस्केकी बालिकाको बलात्कार भएको छ ।

भेडियाही गाविस–६ बस्ने १२ वर्षीया बालिकालाई घिसारी घिसारी गोठमा लगेर बलात्कार गरेको अभियोगमा भेडियाही–५ बस्ने ४५ वर्षीय जनई राउत अहिरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

दिसापिसाब गर्न घरबाहिर गएकी बालिकालाई अहिरले मंसिर ८ गते साँझ आफनो गोठमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।