३० आश्विन २०८३, शुक्रबार

काठमाडौं आईपुगिन पूर्व पोर्नस्टार सन्नी लियोनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone

काठमाडौं । बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी नेपाल भम्रणका लागि राजधानी काठमाडौं आइपुगेकी छिन् । उनी पति डेनियल वेबरको साथ काठमाडौं ओर्लिएकी हुन् ।

नेपाल भ्रमणबारे उनले केही पनि जानकारी गराएकी छैनन् । यसअघि पनि सन्नी नेपाल भ्रमणमा आएकी थिईन् । यसबेला भने भारतको नाकाबन्दीका बीच उनी नेपाल उत्रिएकी हुन् ।

दुई वर्षअघि नेपाल आएकी उनले स्वयम्भुको भ्रमण गरेकी थिइन् । पति डेनियल वेबरका साथमा नेपाल आएकी उनले नेपालको तारिफ गर्दै ट्वीट गरेकी छिन् ।

‘विश्वमा मलाई मनपर्ने नेपाल जादैछु । एकदम उत्साहित छु,’ उनले ट्वीट गरेकी छिन् । ‘जिस्म–२’ बाट हिन्दी फिल्ममा डेब्यु गरेकी उनले ‘रागिनी एमएमएस २’, ‘सुट वाउट एट वाड्ला’, ‘हेट स्टोरी –२’ लगायतमा अभिनय गरेकी छिन् ।