१ कार्तिक २०८३, शनिबार

मलेसियामा सुतेकै ठाउँमा किन मृत्यु हुन्छ नेपाली कामदारको ? यसरी बच्न सकिन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-worker-deathक्वालालम्पुर । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको मृत्यु हुने क्रम बढेको छ । गत वर्ष ३६१ जना नेपालीले ज्यान गुमाएको मलेसियामा यसबर्ष ६४ जनाले बढेर ४२५ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

आखिर यति धेरै नेपाली कामदारको कसरी मृत्यु हुन्छ त ? मलेसियास्थित नेपाली राजदूतावासका अनुसार कम्पनीभित्र हुने घटना, सडक दुर्घटना, आकस्मिक मृत्यु जस्ता कारणबाट नेपालीहरुको मृत्यु हुने गरेको छ ।

जसमध्ये रोजगारीका लागि मलेसिया आएका अधिकांश नेपालीको सुतेको अबस्थामै ज्यान जाने गरेको भेटिन्छ । सकुशल सुतेको ब्यक्ति भोलीपल्ट मृत अबस्थामा भेटिनु सबैको चिन्ताको बिषय बनेको छ । मलेसियामा कार्यरत नेपाली डाक्टर श्रीराम उपाध्यायले कडा परिश्रमपछि प्रशस्त मात्रामा शरीरले आराम नपाउने, कमशल खालका मदिरा धेरै पिउने, पानी नपिउने र पर्याप्त हावा खेल्ने बासस्थान नहुँदा यस्ता अप्रत्यासीत मृत्यु हुने गरेको बताए ।

गतबर्षको तुलनामा यसबर्षको मृत्युदर बढेपछि मलेसियास्थित नेपाली राजदूवासले यसप्रति चासो ब्यक्त गर्दै खानपानमा बिचार पुरÞ्याउन सबै नेपालीसँग आग्रह गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूत डाक्टर निरञ्जनमान सिंह बस्न्यातले कडा मेहनतपछि आरामको जरुरत भएकाले आराम तथा समय मिलाएर ब्यायाम गर्न सबै नेपालीलाई सुझाब दिए । डाक्टर बस्न्यातले अकालमा हुने मृत्युबाट बचाउन नेपालीका लागि मलेसियाका बिभिन्न ठाउंमा सचेतना गोष्टी गरिने पनि बताए ।
मलेसियाका कतिपय कम्पनीहरु कामदारको स्वास्थ्यप्रति उदासिन छन । कतिपय बिरामी अबस्थामा भएका नेपाली बास्तबिक समस्या स्वास्थ्यकर्मीलाई बताउन नसक्दा भाषाकै कारण पनि उपचार पाउन नसकेको अबस्था छ ।