१ कार्तिक २०८३, शनिबार

मलेसियामा ११ महिनाभित्र ४२५ जना नेपाली कामदारको मृत्यु, गतबर्ष भन्दा ६४ जना बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiya

– सुदिप निउरे
क्वालालम्पुर, १२ मंसिर । मलेसियामा यसबर्ष मात्रै ४ सय २५ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

कम्पनीभित्र हुने घटना, सडक दुर्घटना, आकस्मिक मृत्यु जस्ता कारणबाट उनीहरुले ज्यान गुमाएका हुन् । गत बर्षको तुलनामा यो ११ महिनाको अबधिभित्र ६४ जना बढीले ज्यान गुमाईसकेको मलेसियास्थित नेपाली राजदूताबासमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ । गतबर्ष ३ सय ६१ जना नेपालीले बिभिन्न कारणबाट यहाँ ज्यान गुमाएका थिए । रोजगारीका लागि मलेसिया आएका अधिकांश नेपालीको सुतेको अबस्थामै ज्यान जाने गरेको भेटिन्छ । सकुशल सुतेको ब्यक्ति भोलीपल्ट मृत अबस्थामा भेटिनु सबैको चिन्ताको बिषय बनेको छ । मलेसियामा कार्यरत नेपाली डाक्टर श्रीराम उपाध्यायका अनुसार कडा परिश्रमपछि प्रशस्त मात्रामा शरीरले आराम नपाउने, कमशल खालका मदिरा धेरै पिउने, पानी नपिउने र पर्याप्त हावा खेल्ने बासस्थान नहुँदा यस्ता अप्रत्यासीत मृत्यु हुने गरेको बताए ।

गतबर्षको तुलनामा यसबर्षको मृत्युदर बढेपछि मलेसियास्थित नेपाली राजदूवासले यसप्रति चासो ब्यक्त गर्दै खानपानमा बिचार पुरÞ्याउन सबै नेपालीसँग आग्रह गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूत डाक्टर निरञ्जनमान सिंह बस्न्यातले कडा मेहनतपछि आरामको जरुरत भएकाले आराम तथा समय मिलाएर ब्यायाम गर्न सबै नेपालीलाई सुझाब दिए । डाक्टर बस्न्यातले अकालमा हुने मृत्युबाट बचाउन नेपालीका लागि मलेसियाका बिभिन्न ठाउंमा सचेतना गोष्टी गरिने पनि बताए । मलेसियाका कतिपय कम्पनीहरु कामदारको स्वास्थ्यप्रति उदासिन छन । कतिपय बिरामी अबस्थामा भएका नेपाली बास्तबिक समस्या स्वास्थ्यकर्मीलाई बताउन नसक्दा भाषाकै कारण पनि उपचार पाउन नसकेको अबस्था छ ।