१२ कार्तिक २०८३, बिहिबार

टेलिभिजन पड्केर बालिकाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Television_0दोलखा, ११ मङ्सिर । आज साँझ ५ बजे घरमा टेलिभिजन हेरिरहेका अवस्थामा अचानक टेलिभिजन पड्कँदा एक बालिकाको मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित सार्कीस्वाँराटोलमा बाबु र छोरीले टिभी हेरिरहेका अवस्थामा एक्कासि टेलिभिजन पड्कँदा दुई वर्षीया रेष्मा चौलागार्इंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो ।

सामान्य घाइते रहनुभएका बाबु रामकृष्ण चौलागार्इंको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ । उहाँको आँखामा चोट लागेको छ । रासस