ताप्लेजुङ, ११ मंसिर । ताप्लेजुङमा एक महिलालाई उनकै जेठाजुले बलात्कार गरेको खुलासा भएको छ ।
नेपालमा लैगिंक हिंसाबिरुद्ध १६ दिने अभियान चलिरहेका बेला ताप्लेजुुङको खोक्लिङमा जेठाजु र आमाजु दाजुको सामुहिक बलात्कारको सिकार बनेकी ३० बर्षीया ती महिलाले प्रहरीमा उजुरी हालेपछि घटना बाहिर आएको हो ।
प्रहरीमा दर्ता गराएको उजुरीअनुसार ती महिलाको चारदिनको अन्तरमा ६० बर्षे जेठाजु ४५ बर्षे आमाजु दाजु (श्रीमानका दिदीका श्रीमान)ले बलात्कार गरेको खुल्न आएको छ । उनका श्रीमान रोजगारका सिलसिलामा केही वर्षदेखि खाडी मुलुकमा थिए । घटनापछि श्रीमान घर फर्किएका छन् ।
कामका लागि श्रीमान् विदेश गएको मौका पारेर आफूमाथि जबर्जस्ती बलात्कार भएको पीडित महिलाले सुनाउनुभयो । जिल्लाका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले महिलाको उजुरी दर्ता गरेर अभियुुक्तको खोजी भइरहेको बताउनुभयो ।
पीडित महिलाका अनुसार घाँस काट्न जंगल गएको मौका छोपेर ६० बर्षे जेठाजु मानबहादुर बस्नेत र पीडितकै आमाजु दाजु ४५ बर्षे जर्नादन थापाले जबरजस्ती गरेका थिए । बलात्कार गरिसकेपछि कसैलाई भने मारिदिने भन्दै जंगलमै खुकुरी देखाएर धम्की समेत दिएका थिए ।














प्रतिक्रिया